अनौठो मन्दिरः जहाँ सुन्दर श्रीमती पाउन महिलाको रुपमा पुजा गर्छन् पुरुष
एजेन्सी । कुनै पनि पुरुषले आफ्नो जीवन संगिनी सुन्दर होस भन्ने कामना भगवानसंग गरिरेहेको हुन्छ । तर उनिहरुले सुन्दर श्रीमतीका लागि भन्दै महिलाले जस्तै सिँगारपटार गरि मन्दिरमा पुजा गरेको सुन्दा तपाईहरुलाई अच्चमै लाग्छ होला ।
महिलाहरुले राम्रो वरका लागि त ब्रत बसेको हामीले देखेका नै हौ । तर पुरुषले असल र राम्री श्रीमतीका लागि ब्रत बसेको भन्ने कतै पनि सुन्नमा आएको छैन भारतको केरलामा एउटा मन्दिर छ जहाँ पुरुषहरु सुन्दर पत्नीको वरदान माग्छन् ।
दक्षिण भारतमा रहेको श्रीदेवी मन्दिरमा वरदान माग्न जाने पुरुषहरु महिलाले जस्तै सारी लगाएर श्रृंगार गर्नुपर्दछ । कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवी मन्दिरमा पुरुषहरु सुन्दर पत्नी तथा राम्रो जागिरका लागि वरदान माग्न पुग्ने गरेका छन् ।
हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ । त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान मागे बर पाईन्छ भन्ने जनविश्वास रहकेको छ । त्यसैले पनि सो समयमा पुरुषहरु बर माग्न आउनेको भिड लाग्ने गर्दछन् । यस्तो विश्वास त्यहाँका मानिसहरुले वर्षौदेखि मान्दै आईरहेका छन् ।
December 8, 2018 11:29 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन