Sunday 9th November 2025

‘घुस दिनु गलत भएको ट्रम्पलाई अनुभुति भएको छ’

7 years अगाडी

वासिङ्टन, मङ्सिर । अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ (घुस) दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले शुक्रबार बताएका छन् रिपब्लिकन पार्टीका नेता तथा राष्ट्रपतिका उम्मेदवार रहेका वर्तमान् राष्ट्रपति ट्रम्पसँग आफुहरूको सम्बन्ध रहेको दावी गरेपछि निर्वाचनलाई प्रभावित पार्ने निष्कर्षसाथ स्टोमी डेनियल्स र कारेन म्याक डोगाललाई ठूलो रकम दिएको भन्ने डेमोक्रेटिक पार्टीका समर्थक तथा स्थानीय सञ्चारमाध्यमहरूले जनाउँदै आएका छन् ।

ट्रम्पले महिलाहरूको दावीले निर्वाचनमा आफ्ना मतलाई प्रभावित गर्नसक्ने महशुस गर्दै उक्त रकम दिन निर्देशन दिएका कोहेनले बताए । बिहीबार कोहेनमाथि तीन बर्षको जेल सजाय भएपछि अमेरिकी समाचार संस्था ‘एबीसी न्यूज’ लाई दिएको पहिलो प्रतिक्रियामा डेनियल्स र म्याक डोगाललाई ट्रम्पले ‘हस–मनी’ दिएको बताएका हुन् ।तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफुले कहिल्यै कानून विपरित काम गर्न निर्देशन नदिएको बताउँदै आएका छन् । तर कोहेनलाई के डेनियल्स र म्याक डोगाललाई घुस दिएको थाहा छ भन्नेबारे कोहेनले ‘निश्चय नै’ थाहा भएको बताए ।

राष्ट्रपति ट्रम्पले कोहेनलाई कहिल्यै कानून तोड्न नलगाएको भन्ने भनाईप्रति चुनौति दिँदै एबीसीको ‘गुड मर्निङ अमेरिका’ अन्तर्वार्ता कार्यक्रमको सम्पूर्ण भाग प्रसारण पहिले सम्प्रेषित प्रवर्द्धनात्मक सामग्रीमा भने, ‘म सोच्न सक्दिन कि राष्ट्रपतिको उक्त भनाई कसैले पत्याउला ।’कोहेनले भने, ‘पहिलो कुरा ‘ट्रम्प अर्गनाइजेसन’ ले ट्रम्पको स्वीकृतिबिना केही पनि हुँदैन,चल्दैन । उहाँले नै खर्च दिन मलाई निर्देशन दिनुभएको हो । उहाँले नै यी बिषयमा सम्लग्न हुन निर्देशन दिनुभएको हो ।’

‘उहाँलाई सत्य कुरा थाहा छ । मलाई वास्तविकता थाहा छ र सबैलाई यसबारे थाहा छ,’ कोहेनले बताए । ‘यहाँ वास्तविकता छ, संयुक्त राज्य अमेरिकाका जनता र विश्व समुदायले राष्ट्रपतिले ती महिलाबारे दिएका अभिव्यक्तिलाई पत्याउँदैनन्, विश्वास गर्दैनन् । यो व्यक्तिले साँचो बोल्दैन  यो दुःखको कुरा हो कि म उनका फोहोरी क्रियाकलापप्रति जिम्मेवारी लिनुपर्‍यो ।’

          December 15, 2018 10:02 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...