घरमा पालेको कुकुरले आफ्नो ज्यान दिएर बचायो पूरै परिवारको ज्यान
क्वालालम्पुर। मलेशियामा घरमा पालिएको एक कुकुरले आफ्नो ज्यान दिएर पूरै परिवारको ज्यान बचाएको छ । परिवारका सदस्यले कुकुरलाई बोलाइरहेका थिए तर कुकुर आइरहेको थिएन । लामो समयसम्म कुकुर नआएपछि उनीहरु बाहिर गएर हेर्दा निकै डरलाग्दो दृश्य देखे । खासमा त्यो घरको आँगनमा एउटा विशाल अजिंगर आएको थियो । परिवारलाई बचाउन कुकुर २० फिट लामो अजिंगरसँग भिड्यो
अजिंगरसँग लडाइँको क्रममा कुकुरको मृत्यु भयो । घरका सदस्यलाई यो कुरा तब थाहा भयो जब बोलाउँदा पनि कुकुर घरभित्र आएन । बाहिर गएर हेर्दा कुकुरको मृत शरीरलाई अजिंगरले बेरेर राखेको थियो । घटना १० डिसेम्बरका दिन मलेसियाको श्रीअमन शहरको जालान केजातो क्षेत्रमा भएको हो । कुकुर र अजिंगरलाई सबैभन्दा पहिले देख्े परिवारका सदस्यका अनुसार कुकुरलाई छुटाउन उनले अजिंगरमाथि लौराले आक्रमण गरेका थिए । लगातार लठ्ठीले हिर्काएपछि अजिंगरले डराएर कुकुरलाई छोडिदियो । त्यसपछि अजिंगर नजिकै बनेको एउटा ठूलो प्वालमा गएर लुक्यो ।
त्यतिबेलासम्म कुकुरको भने मृत्यु भइसकेको थियो । घटनापछि घरका सदस्यहरुलाई आफ्नो चिन्ताले सताउन थाल्यो । उनीहरुले अजिंगर समात्नको लागि फायर एण्ड रेस्क्यू डिपार्टमेन्टमा खबर गरे । त्यसपछि आएको उद्धार टोलीका ९ सदस्यले करिब १ घण्टा लगाएर अजिंगरलाई समाते । परिवारलाई कुकुरको मृत्युको निकै दुःख लागेको छ । उनीहरुका अनुसार उनीहरु जीवित हुनुको कारण कुकुर थियो । यदि कुकुर नभएको भए अजिंगर घरभित्र आइसकेको हुन्थ्यो र परिवारका सदस्यलाई मार्न सक्थ्यो ।
December 15, 2018 10:09 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन