मातापितासँग जिद्दी गरेर १० वर्षे बालिकाले स्मार्टफोन त पाइन् तर
क्वालालम्पुर। वयस्कमा जस्तै बालबालिकामा पनि स्मार्टफोनको क्रेज बढिरहेको छ । यसको लागि बालबालिकाहरु अभिभावकको हरेक शर्त मान्न तयार भएका छन् । यस्तै एउटा घटना मलेसियाको राजधानी क्वालालम्पुरमा देखिएको छ । यहाँकी १० वर्षकी बालिका यास्मिन साइपुरले स्मार्टफोन किनिदिन परिवारले राखेका सबै १२ शर्त मान्न तयार भएकी छिन् । यी शर्तहरु सामाजिक संजालमा शेयर भएपछि निकै भाइरल भइरहेका छन् । यास्मिनले आफ्नो कक्षाका साथीहरुसँग मोवाइल फोन देखेपछि मातापितासँग आफूलाई पनि मोवाइल फोन माग्दै जिद्दी गरेकी थिइन् । मातापिता अरुले जस्तो उनलाई मोवाइल फोन दिन हिच्किचाइरहेका थिए तर उनीहरु छोरीलाई दुःखी पनि देख्न चाहँदैनथे । निकै सोचविचार गरेपछि उनीहरुले यास्मिनलाई फोन त दिए तर त्यसको साथमा १२ बुँदे शर्तहरु पनि लगाइदिए । यो मातापिता र यास्मिनको बीचमा एक सम्झौता पत्र बनेको छ । यो सम्झौता पत्रमा हप्तामा ६ पटक कुरान पढ्नु, मोवाइल स्कुल लिएर नजाने, कम डाटा खर्च गर्ने लगायत उल्लेख छन् ।
यास्मिनले यी सबै शर्त मान्न तयार भएपछि उनले मोवाइल फोन पाएकी छिन् । एक वर्षपछि यो शर्तमा मातापिताले पुनरावलोकन गर्नेछन् । त्यसपछि यी शर्तहरु हटाइन पनि सक्छ वा यास्मिनसँग मोवाइल फोन नरहन पनि सक्छ । यी १२ शर्तमध्ये कुनै पनि शर्त तोडेमा यास्मिनसँग मोवाइल फोन रहने छैन । १ वर्ष पछि थाहा हुनेछ कि यो सम्झौता पत्रबाट कुन कुन शर्त हटाउन उपयुक्त छ र कुनै नयाँ शर्त थप्नुपर्ने छ वा छैन ।
यस्ता छन् १२ शर्त–
१. बिहान नमाज पढ्नुपर्नेछ ।
२. फोनको ब्याट्री फूल हुँदासम्म मात्र त्यसलाई चार्जमा राख्न पाइनेछ । ब्याट्री फूल हुनासाथ चार्ज हटाइहाल्नुपर्नेछ ।
३. फोनमा कहिल्यै चार्ज सकिन दिन पाइने छैन ।
४. आफ्नो मात्र फोन प्रयोग गर्नुपर्नेछ, मातापिताको फोन चलाउन पाइने छैन ।
५. फोन बाथरुममा लिएर जान पाइने छैन ।
६. फोन स्कुल लैजान पाइने छैन ।
७. खाने बेला फोन चलाउन पाइने छैन ।
८. कुनै पनि एप डाउनलोड गर्नुभन्दा पहिले मातापितासँग सोध्नुपर्नेछ ।
९. डाटा ध्यान दिएर खर्च गर्नुपर्नेछ । तोकिएको सिमाभन्दा धेरै डाटा प्रयोग गर्न पाइने छैन । मातापिताले चाहेमा भने गिफ्टमा डाटा दिन सक्नेछन् ।
१०. हप्तामा ६ पटक कुरान पढ्नुपर्नेछ ।
११. परिवारको साथमा घरबाहिर हुँदा साथीहरुसँग फोनमा कुरा गर्न पाइने छैन ।
१२. ट्युशन छुटाउन पाइने छैन ।
December 16, 2018 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन