

सुन्दरताभित्र लुकेको खतरनाक राज, श्रीमती सुन्दर भए मख्ख नपर्नुस् !

एजेन्सी – बेलायतमा एक महिलाले आफूलाई क्यान्सर भएको बहाना बनाएर परिवारलाई मात्रै होइन आफ्ना पतिसँगबाट सवा दुई करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ। शुक्रबार यो अभियोगमा अदालतले ती महिलालाई चार वर्षको जेल सजाय सुनाएको छ। ती महिलाले अमेरिकामा उपचार गर्ने भन्दै आफूलाई क्यान्सर भएको नाटक गरेकी थिइन। उनको यो नाटक त्यतिबेला असफल भयो जतिबेला महिलाका पतिका साथीले गुगलमा महिलाको एक्स–रे भेट्टाए। मलाइले गरेको नाटक भन्ने थाहा पाएपछि उनले आफ्नो गल्ती स्वीकार गरेकी छन्।
लगबारेकी ३६ वर्षीया ज्यास्मिन मिस्त्रीले २०१३ मा आफ्नो पति विजय काटेचियासँग आफूलाई क्यान्सर लागेको र आफूसँगमात्र ६ महिनाको समय रहेको बताएकी थिइन्। उनले आफूलाई क्यान्सर भएको पुष्टि गर्न पूरा योजना बनाएकी थिइन्। उनी छुट्टा छुट्टै सिमकार्ड प्रयोग गरेर पतिलाई डाक्टर बनेर वाट्सऐपमा म्यासेज गर्थिन्।
यही झुट म्यासेज प्रयोग गर्दै उनले आफ्ना पतिलाई पनि आफूलाई क्यान्सर भएको विश्वास गर्न बाध्य पारिन्। उनले क्यान्सरको उपचार गर्न अमेरिका जानुपर्ने र त्यसकालागि साँढे चार करोड खर्च हुने बताएकी थिइन्। त्यसपछि उनका पतिले आफ्नो परिवार र साथीसँग पत्नीको उपचारकालागि सहयोग मागे। ज्यास्मिन परिवार र पतिले थाहा नपाउन भनेर विभिन्न नाटक गर्थिन्।
उनी उल्ती आएको बहानमा कयौं पटक बाथरुममा पस्थिइन्। उनी ट्वाइलेटमा रगत आएको सुनाउँथिन्। सिँढी चढ्दा र झर्दा पतिको सहारा लिन्थिइन्। उनी सधैं आफूलाई पीडा भएको नाटक गर्थिन्।
यो विषयमा उनका पति विजयलाई त्यतिबेला शंका लाग्यो जतिबेला उनका साथीले गुगलमा ज्यास्मिन ब्रेन स्क्यान देखे। प्रहरीका अनुसार ट्यूमर निकै गम्भीर अवस्थामा थियो, त्यो बिमारीकालागि निकै खतरनाक हुन्थ्यो। तर ज्यास्मिनको अवस्था त्यस्तो गम्भीर थिएन। त्यसपति विजयले आफ्नी पत्नीबाट ती सिमकार्ड फेला पारे जुन नम्बरबाट डाक्टरको म्यासजे आउँथे।
विजयले यी सबै कुरा थाहा पाएपछि ज्यास्मिनसँग यो विषयमा कुरा गर्दा उनले आफूले नाटक गरेको स्वीकार गरिन्। साथै क पनि थाहा भयो भने उनले डेटिङ ऐपमार्फत दुई जनालाई आफ्ना जालमा फसाएकी रहिछन्।
अन्तिमा नोभेम्बर २०१७ मा ज्यास्मिनलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीका अनुसार उनले आफ्ना परिवार र बाहिरका समेत गरी २० जनाबाट सवा दुई लाख रुपैयाँ ठगी गरेकी छन्। शुक्रबार नर्थ इस्ट लन्डनको स्नेयर्सब्रुक क्राउन कोर्टले ठगी गरेको अभियोगमा उनलाई चार वर्षको जेल सजाय सुनाएको छ।
December 20, 2018 10:26 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

