Monday 2nd December 2024

ऋण लिनेहरुको लागि खुशीको खबर : बैंकको ब्याजदर फेरी घट्यो !

6 years अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि पुनः बैंकहरूले ब्याजदर घटाउन भद्र सहमति गरेका छन् । यसअघि पनि पटक–पटक सहमति गर्दै तोड्दै आएका उनीहरूले बिहीबार पुनः सहमति गरेका हुन् । यो खबर आजको सौर्य दैनिकमा प्रकाशित छ ।गभर्नर र डेपुटी गभर्नरहरूले भद्र सहमति गरेर ब्याजदर झार्न निर्देशन दिएलगत्तै बैंकर्स संघको बैठकले ब्याज दरमा भद्र सहमति गरेका हुन् ।

राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरहरू चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले लामो क्लास लिएपछि बैंकर्स संघले भद्र सहमति गर्ने निर्णय गरेको हो । यसबीचमा कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाएका बैंकहरूलाई राष्ट्र बैंकले एक पटकलाई जरिवाना नतिराउने भएको छ । यससँगै ब्याज घटाउने सहमति बनेको हो ।

शुक्रबारदेखि नै लागू हुने गरी ब्याज दर घट्नेछ । अब बचतमा बढीमा साढे ६ प्रतिशत मात्र ब्याज दिन पाइनेछ । न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्नुपर्ने भएको छ । यसो हुँदा कल डिपोजिटको ब्याज साढे ४ प्रतिशतमा झरेको छ ।व्यक्तिगत निक्षेपकर्ताको मुद्दती खातामा ९.२५ प्रतिशतसम्म ब्याज दिन पाइनेछ । यसमा आधा प्रतिशत बिन्दु बढाउन मिल्ने नियामकीय प्रावधान छ । संस्थागत मुद्दती निक्षेपकर्ताले साढे ८ प्रतिशतसम्म ब्याज पाउनेछन् । उनीहरूको १ प्रतिशत बिन्दुसम्म ब्याज बढाउन पाइन्छ । ब्याज दरको भुक्तानी त्रैमासिक रूपमा गर्नुपर्नेछ ।

यसअघि भद्र सहमति हुँदा बचतको उच्च ब्याज दर सात प्रतिशत तोकिएको थियो । व्यक्तिगत मुद्दती साढे १० र संस्थागत १० प्रतिशत तोकिएको थियो । त्यो सहमति खारेजपछि बैंकहरूले ब्याज बढाबढको प्रतिस्पर्धामा लागेका थिए । राष्ट्र बैंकको निर्देशनमा बिहीबार भएको सहमतिले भने पहिलेको सहमतिभन्दा कममा ब्याज दर झार्ने निर्णय भएको छ ।तीन साताअघि भद्र सहमति खारेज भएपछि १३ वटा बैंकले ब्याज बढाएका थिए । पछिल्लो समय हिमालयन र नबिल बैंकले पनि ब्याज बढाएर १३ प्रतिशत पु¥याएका थिए ।

          December 21, 2018 10:37 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...