वृद्धको मृत्युको केही दिनपछि खुल्यो मन छुने रहस्य, संसारभर भइरहेछ वृद्धको तारिफ
लण्डन। बेलायतको वेल्स राज्यको ग्लेमोर्गनका ८५ वर्षका वृद्ध केनको गएको सोमबार निधन भयो । त्यसको केही दिनपछि वृद्धको यस्तो रहस्य खुल्यो जसका कारण संसारभर वृद्धको तारिफ भइरहेछ । केनको निधन भएको केही दिनमै उनको छिमेककी २ वर्षकी एक बालिकाको लागि क्रिसमसको उपहार आयो । यो उपहार अनलाइनबाट अर्डर गरिएको थियो ।
गिफ्ट उनै वृद्ध केनले पठाएका थिए । यतिमात्र होइन अनलाइन सामान डेलिभरी गर्ने कम्पनीमा बुझ्दा थाहा भयो वृद्ध केनले ती बालिका केडीको लागि आगामी १४ वर्षसम्मका लागि क्रिसमस गिफ्ट किनिसकेका थिए । तर, यसबारे कसैलाई बताएका थिएनन् । केनको मृत्युपछि उनले पठाएको उपहार पाएपछि केडीको परिवार निकै भावुक भएको छ । उनीहरुले पूरै घटनालाई सामाजिक संजालमा शेयर गरेका छन् ।
केडीका पिता ओवेन विलियम्सका अनुसार केन २ वर्ष अगाडि मात्र उनीहरुको छिमेकमा बसाइ सरेर आएका थिए । उनको मृत्युको केही दिनपछि ओवेनको घरमा गिफ्ट आयो । ओवेन भन्छन् ‘यो हाम्रो लागि क्रिसमसको कथाजस्तै थियो जहाँ सेन्टा क्लव बच्चाहरुको लागि गिफ्ट छोडेर जान्छन् ।’ ट्वीटरमा यो घटना शेयर भएपछि युजरहरुले केनलाई श्रद्धाञ्जली दिइरहेका छन् । पहिलो गिफ्टमा केहीका लागि किताब आएका छन् । बाँकी गिफ्ट के आउने हुन् थाहा हुन बाँकी नै छ ।
December 21, 2018 2:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने