केन्याका प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते
7 years अगाडी
Susma Dhakal
नैरोवी, केन्या, पुस : केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन् ।
प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा सडक दुर्घटनामा पर्नुभएको हो ।
उहाँहरू दुबैजनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुबैको अवस्था स्थिर रहेको र टाउकोको चोट भएकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पताल स्रोतलाई उद्धृत गरी केन्याको राष्ट्रिय दैनिकले लेखेको छ ।
December 23, 2018 10:46 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...