७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो
७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ । उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको हत्याको आरोपमा पक्राउ गरेको छ । पोखरामा ७ महिनाअघि शव भेटिएकी महिला उनै राखी भएको खुलेको छ । सोधपुछमा ती डाक्टरले ७ महिनाअघि राखीलाई नेपालमा पोखरा ल्याएर पहाडभाट भीरबाट धकेलिदिएर मारेको स्वीकार गरेका छन् । यतिमात्र होइन उनले पुलिसलाई भ्रममा पार्नको लागि ७ महिनादेखि उनको सामाजिक संजाललाई निरन्तर अपडेट गरिरहेका थिए ।
आरोपी डा. सिंहका अनुसार उनले यसअघि पनि राखीलाई मार्ने प्रयास गरेका थिए । यसअघि ५ पटक उनलाई मार्न असफल भएका डा. सिंहले छैटौं पटकको प्रयासमा मारेका थिए । डा. सिंहका अनुसार राखी उनलाई ब्ल्याकमेल गरिरहन्थिन् जसबाट उनी हैरान भइसकेका थिए । उनले हत्यापछि लामो समयसम्म राखीका परिवारलाई भ्रममा पारेका थिए । उनीहरुले राखीको बारेमा सोध्दा डा. सिंहले उनीहरुको कुरा टार्थे । राखी बेपत्ता भएको उजुरी परेपछि मात्र घटनाको खुलासा भएको हो ।
सुरुवातमा गोरखपुर पुलिसले राखीका अर्का पति मनीष सिन्हालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको थियो । तर, पुलिसले केही पत्ता लगाउन नसकेपछि यो केस एसटिएफलाई दिइएको थियो । एसटिएफले राखीका अर्का पति डीपी सिंहलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । एसटिएफका अनुसार राखी हराएको बेला उनको मोवाइलको लोकेशन नेपालमा थियो । एसटिएफले नेपाल प्रहरीसँग जानकारी माग्दा ८ जूनमा यहाँ एक युवतीको लाश भेटिएको खुल्यो । युवतीको शवबारे थप जानकारी खोज्दै जाँदा उनी राखी भएको पुष्टि भएको थियो ।
राखी त्यतिबेला आफ्ना पति मनिष सिन्हासँग विमानमा नेपाल आएकी थिइन् । त्यसपछि उनी नेपालमै बसिन् र मनिष फर्किए । त्यही क्रममा राखीसँग कुराकानीपछि डा. डीपी सिंह पनि आफ्ना २ कर्मचारीसँग नेपाल आए । राखीलाई लिएर यी तीनैजना पोखरा गए । जहाँ उनीहरुले मदिरामा नशाको औषधी मिलाएर पहाडमा लिएर गइ भीरबाट धकेलेर हत्या गरे ।
अनुसन्धानमा खुलेअनुसार डा. सिंह पहिल्यै विवाहित थिए । उनले आफ्नी पत्नी उषालाई नभनी राखीसँग दोस्रो विवाह गरेका थिए । पछि पहिली पत्नी उषाले यसबारे थाहा पाइन् । विवाद भएपछि डाक्टरले राखीसँग सम्बन्ध तोडे र टाढा हुन थाले । राखीले पनि २०१६ मा मनीष सिन्हासँग दोस्रो विवाह गरिन् । तर, त्यसपछि फेरि डाक्टर राखीसँग नजिकिन खोजेपछि राखीले डाक्टरलाई ब्ल्याकमेल गर्न थालिन् । यही ब्ल्याकमेलका कारण डाक्टरले उनको हत्या गरेका थिए ।
December 26, 2018 10:32 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने