यी किशोरीको छ सबै भन्दा लामो कपाल, लेखियो गिनिज बुकमा नाम
गुजरात । गुजरातकी नीलांशी पटेल सबै भन्दा लामो कपाल हुने किशोरी बनेकी छिन्। लामो कपाल भएकै कारण उनले गिनीज वल्र्ड रेकर्डमा आफ्नो लेखाएकी छिन्।
१६ वर्ष उमेर समूहमा नीलांशीको सबैभन्दा लामो कपाल छ। नीलांशीको कपाल करिब १७० दशमलव ५ सेमी (५ फिट, ७ इन्च) रहेको छ। उनको यस नाम २०१९ संस्करणमा सामेल हुनेछ। यस उपलब्धिपछि उनीसँग फोटोसुट गर्नका लागि थुप्रै मान्छेहरु आउने गरेका छन्। भारतको गुजरातस्थित मोडासाकी १६ वर्षीय नीलांशी पटेललाई साथीहरुले रोपन्जेल भनेर बोलाउने गर्दछन्। सन् २०१८ को सुरुवातमा सबैभन्दा लामो कपाल हुने रेकर्ड अर्जेन्टीनाकी ऐब्रिल लोरेनजटीले कायम गरेकी थिइन्। जसको १५२ दशमलव ५ सेमी लामो कपाल थियो।
जसको रेकर्ड १७ वर्षीय किटो कवाहराले तोडेकी थिइन्। जसको १५५ दशमलव ५ सेमी लामो थियो। तर यो वर्षको अन्तमा नीलांशीले किटोको रेकर्ड तोड्दै आफ्नो नाम लेखाउन सफल भएकी हुन्। नीलांशीको कपाल देखेर गोवामा विदेशी पर्यटकले फोटो क्लिक गराउन प्रस्ताव गरेपछि उनले कपाल लामो बनाउने योजना बनाएकी थिइन्।
December 27, 2018 11:07 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने