चर्चित बलिउड अभिनेत्री माधुरी दीक्षित अब राजनीतिमा ! कसले दिदैंछ टिकेट ?
मुम्बई । बलिउडका चर्चित अभिनेता अभिनेत्री राजनीतिमा जाने क्रम बढेको छ । यो भन्दा पहिले अमिताम बच्चनले पनि राजनीतिमा जाने प्रयास गरे त्यस्तैं गोविन्दा अनि शत्रुघन सिन्हा त अहिले पनि राजनीतिमा छन । भोजपुरी चलचित्र उद्योगमा चर्चित मनोज तिवारी पनि भारतीय जनता पार्टीमा छन ।
अहिले सत्तामा रहेको पार्टीले बलिउड अभिनेत्री माधुरी दीक्षितलाई पनि आगामी २०१९ मा हुने लोकसभा निर्वाचनमा महाराष्ट्रको पूणेबाट चुनावी मैदानमा उतार्ने तयारी गरेको जनाइएको छ । स्मृति इरामी पनि टेलि सिरियलमा काम गर्ने गर्थिन । उनी अहिलेको नरेन्द्र मोदी सरकारमा मन्त्री पदमा रहेकी छिन ।
भारतीय सञ्चारमाध्यमले जनाएनुसार पार्टी स्रोतलाई हवाला दिँदै लेखका छन्–बीजेपी अध्यक्ष अमित शाहले गत जुनमा मुम्बईस्थित उनको आवासमा भेटवार्ता गरेका थिए शाह सो समय पार्टीको “सम्पर्कका लागि समर्थन” कार्यक्रमका लागि मुम्बई पुगेका थिए ।
सो क्रममा शाहले नरेन्द्र मोदी सरकारको उपलब्धिका बारेमा अभिनेत्री दीक्षितलाई जानकारी गराएका थिए । बीजेपीका एक वरिष्ठ अधिकारीका अनुसार पार्टीले माधुरीको नाम पूणे लोकसभा सिटका लागि चयन गरिएको छ ।
December 31, 2018 2:36 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने