‘आफ्नै जन्मदिने पितासँग यौन सम्बन्धको लागि आकर्षित भएँ, सहमतिमै धेरैथोक गरियो’
काठमाडौं। आफ्नै पिताबाट छोरी बलात्कृत भएको त हामीले सुनेका छौं तर आफ्नै पितासँग यौन सम्बन्धको लागि छोरी आकर्षित भएको र उनीहरुले सहमतिमै विभिन्न तरिकाले यौन सम्बनध बनाएको घटना भने विरलै सुनिन्छ । तर, एक युवतीले भने चर्चित अन्तर्राष्ट्रिय मिडियामा लेख नै लेखेर आफू र आफ्ना जन्म दिने पिताको बीचमा भएको यौन सम्बन्धबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । यो खुलासाले एकैपटक संसारभल हलचल मच्चिएको थियो ।
क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले लेखेको लेख ‘अन फलिङ इन एण्ड आउट अफ लभ विथ माइ ड्याड’ १७ फेब्रुअरी २०१५ मा जेजेबेलमा प्रकाशित भयो । जेजेबेल अमेरिकाको प्रतिष्ठित मिडिया कम्पनी युनिभिजन कम्युनिकेशन्सले संचालन गरिरहेको मिडिया हो ।
प्रतिष्ठित मिडियामा उनको यो लेख आएपछि संसारभर तहल्का मच्चियो । लेखमा नताशाले कसरी उनले आफूलाई जन्माउने पितालाई भेटिन्, कसरी उनीप्रति आकर्षित भइन्, कसरी उनका पिता पनि उनीसँग यौन सम्बन्धको लागि लालायित थिए भन्ने विषयमा खुलासा गरेकी छिन् ।
नताशाले सुरुमा आफ्ना पिताप्रति सुरु भएको आकर्षष पछि सहमतिमै पटक पटक यौन सम्बन्धसम्म पुगेको र अन्ततः अहिले आफैंसँग घृणा लाग्न लागेको कुरा लेखमा उल्लेख गरेकी छिन् । उनीहरुबीच यौन सम्बन्ध सुरु हुनुभन्दा २ वर्ष अगाडि नताशा उनका पिताको सम्पर्कमा आएकी थिइन् ।
उनका पिता जमाइकामा बस्थे र पितालाई जमाइका भेट्न जानुअघि उनले पितासँग केही पटक फोनमा कुरा गरिसकेकी थिइन् । नताशाकी आमा १९ वर्षकी हुँदा उनका पितासँग सम्बन्धमा थिइन् ।
नताशाकी आमा गर्भवती भएपछि नताशाका पिताले उनलाई छाडेर गए । यही कारण नताशाले आफू हुर्कने क्रममा आफ्ना पिताबारे केही जान्नै पाइनन् । नताशाले आफू १५–१६ वर्षकी हुँदादेखि आफूलाई जन्माउने पिताको खोजी थालेकी थिइन् । उनी १७ वर्षकी हुँदा पिताको सम्पर्कमा आइन् र प्रत्यक्ष भेट्ने बेला भने उनको उमेर १९ वर्ष थियो ।
नताशाका अनुसार पितालाई भेट्ने बेला उनी एक्लो महसुस गरिरहेकी थिइन् र आफ्नी आमासँग रिसाइरहेकी थिइन् । पहिलो पटक पितालाई भेट्दा पिताले महंगा खाना खुवाउने गरेर उनलाई प्रभावित पारेका थिए । पहिलो पटक भेट्दा नै उनी पिताप्रति आकर्षित भएकी थिइन् ।
त्यसपछि उनी विस्तारै पिताप्रति यौपनक रुपमा झनै आकर्षित हुदै गइन् । उनीहरु भेट्दा एउटै बेडमा सुत्थे । नताशालाई यो आकर्षण केही समयपछि आफैं हराउला भन्ने लागेको थियो तर समयसँगै आकर्षण झनै बढ्दै गयो ।
२००९ मा नताशा आफ्ना पितालाई भेट्न अन्तिम पटक गएकी थिइन् जतिबेला उनी २१ वर्षकी थिइन् । यतिबेला नताशालाई थाहा भयो यो यौनिक आकर्षण उनी एक्लैको नभइ उनीहरु दुवै एक अर्काप्रति आकर्षित थिए ।
त्यतिबेला पिताले उनलाई भने कि नताशालाई पहिलोपटक देख्दा नै उनको मनमा यौन सम्बन्धको चाहना उब्जिएको थियो । पितासँग अन्तिम पटक ‘ओरल सेक्स’ (मुखमैथुन) गरेपछि नताशाले आफूलाई पिताभन्दा टाढा अर्कै बेडरुममा बन्द गरिन् । भोलिपल्ट बिहान उनका पिताले चुपचाप उनलाई एयरपोर्ट पुर्याए ।
नताशा आफूलाई पिताको यौन शोषणको शिकार मान्दिनन् बरु उनले आफूलाई आफ्नै यौन चाहनाले शोषण गरेको मान्छिन् । उनी ६ वर्षदेखि पिताकहाँ फर्केर गएकी छैनन् ।
उनी अहिले पनि उनीहरुको बीचमा त्यो बेला जे भएको थियो त्यसको अर्थ खोजिरहेकी थिइन् । उनले यो आकर्षणबाट बच्न थेरापी लिइरहेकी छिन् । यही बीचमा उनले आफ्नो अनुभवबारे अटोफिक्सनल उपन्यास लेख्दैछिन् ।
January 4, 2019 1:09 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने