सीमामा पर्खाल लगाउने बजेट नआए विधेयकमा हस्ताक्षर गर्दिनः ट्रम्प
7 years अगाडी
Susma Dhakal
न्यूयोर्क, २१ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नछुट्याए आफूले कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान लिएका छन् ।
उनले दुई सातादेखि आंशिक रुपमा प्रभावित हुँदै आएको सरकारी कामकाज वर्षौंसम्म पनि लम्बिन सक्ने चेतावनी दिए । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयलाई कंग्रेसले बेवास्ता गरे राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सकिने बताए ।
उनले पर्खाल लगाउन बजेट विनियोजन नगरे कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान व्यक्त गरे । तर डेमोक्रेटिक पार्टी भने पर्खाल लगाउन बजेट विनियोजन नगर्ने पक्षमा छ । यही विवादका कारण अमेरिकाका ८ लाख संघीय कर्मचारीले गत डिसेम्बर २२ देखि तलब समेत पाएका छैनन् ।
January 5, 2019 11:05 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...