दम्पतीको चोरी भएको कार प्रहरीले खोज्यो, तर चौकीबाटै फेरि चोरले पारे गायब
एजेन्सी । इंग्ल्याण्डमा एक कार केही घण्टा भित्रै दुई पटक चोरी भएको छ । घटता लेस्टरको लुटरवर्थको हो । चोर एक दम्पतीको घरमा घुस्छन् । उनीहरुलाई पेस्तुल देखाएर कारको साँचो माग्छन् । र ग्यारेजमा गएर कार लूटेर भाग्छन् ।
दम्पतीले यो घटनाको प्रहरीमा रिपोर्ट गर्छन् । प्रहरीले केही घण्टामै कार बरामद पनि गरेको थियो । र कार भेटिएको जानकारी प्रहरीले सो दम्पतीलाई दियो ।
तर, केही समयपछि चोरहरुले प्रहरी चौकीमै आएर सो कार फेरि चोरेर भागे । त्यसपछि प्रहरीले दम्पतीलाई फोन गरेर माफि माग्यो ।
ओडी कम्पनीको यो कार ४० हजार पाउण्ड करिब ५५ लाख रुपैयाँ नेपाली बराबरको हो ।
प्रहरीले यसलाई एक राजमार्गबाट बरामद गरेको थियो ।
कार दोस्रो पटक चोरी भएको सूचना दिन प्रहरी चौकीबाट दम्पतीलाई फोन गर्दा उनीहरुले प्रश्न गरे कतै मजाक त होइन । तर, प्रहरी कर्मचारीले भने, ‘होइन कार साँच्चै दोस्रो पटक चोरी भएको छ ।’ उसले माफी पनि माग्यो ।
प्रहरीका अनुसार चोरहरुले कारलाई दोस्रो पटक चोरी गर्ने षडयन्त्र पहिला नै बनाएका थिए । खासमा कारमा पेट्रोल सकिएको थियो । त्यसैले चोरले कार राजमार्गमा छोडेका थिए ।
प्रहरीका अनुसार चोरलाई थाहा थियो प्रहरीले कार खोज्ने छ र पेट्रोल भरेर प्रहरी चौकी लिने छ । त्यसपछि फेरि चोरी गर्ने योजना चोरहरुले बनाएका थिए । प्रहरी फेरि यो कारको खोजीमा लागेको छ ।
January 6, 2019 11:23 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने