बलात्कारको आरोप लागेको तीन महिनापछि आलोकनाथले मुख खोले, दिए यस्तो प्रतिक्रिया
काठमाडौँ, २४ पुस । मिटु क्याम्पिन चलेपछि बलिउडका अभिनेता आलोकनाथमाथि बलात्कार गरेको आरोप लागेको थियो । उनलाई विनता नन्दाले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
यसबारे तीन महिनादेखि मौन रहेका उनले अन्तत आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म तीन महिनादेखि मौन रहेको थिए । मलाई मेरो वकिलले केही पनि नबोल्न सुझाव दिएका थिए ।’
उनले थप्दै भने, ‘आवेगमा आएर मेरो मुखबाट गाली गलौज पनि हुन सक्ने र थप विवादमा पर्ने हुदाँ म मौन नै बसे । अझै पनि यस विषयमा केही नबोल्न भनिएको छ । अदालतले मलाई अग्रिम जमानत दिएको छ । यसका लागि म आभारी छु । जब म बोल्ने वातावरण बन्नेछ । म इमानदारिताका साथ सबै कुरा भन्नेछु ।’ उनले आफ्नी पत्नी आशुलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘यो कठिन अवस्थामा उनी मेरो साथमा रहिन् । मलाई साहस दिने काम गरिन् । म उनीप्रति आभारी छु ।’
January 8, 2019 11:28 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा