पाकिस्तानका टेलिभिजनले सयन कक्षको दृश्य देखाउन नपाउने
पाकिस्तान, २६ पुस । पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् ।पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो ।पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण ९पीईएमआरए०ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ ।
निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ ।“पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लील लाग्ने दृश्य कटौती गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ,” पीईएमआरएद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा लेखिएको छ, “भद्दा र अशोभनीय दृश्य, संवाद, विवाहपछिका क्रियाकलाप, हिंसात्मक गतिविधि, अपर्याप्त पोशाकका कारण उत्तेजक अवस्था, बलात्कारका दृश्य, सयन कक्षभित्रको दृश्य, मादक पदार्थ र लागुऔषधको प्रयोग गरेको दृश्य, महिला र पुरुषको अन्तरङ्ग सम्वन्धलगायतले पाकिस्तानी संस्कृती र मूल्यमान्यतालाई असर पर्ने भएकाले त्यस्तो नदेखाउनु हुन आग्रह गरिन्छ ।”
January 10, 2019 12:30 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा