प्रेमीलाई एक लाख म्यासेज पठाएर किड्नी खाने चाहाना प्रकट गरेपछि
एजेन्सी। संसारमा विचित्र किसिमका मान्छेहरु हुन्छन् । यहाँ सबैको आ–आफ्नो चाहाना हुन्छ । यस्ता चाहानाहरुकै कारण अनेक किसिमका अचम्मका घटनाहरु हुनेगरेका छन् । जसले बेलाबेलामा एक चोटी सोचमग्न पारिदिन्छ ।
यस्तै एउटा घटना अमेरिकामा घटेको छ । अमेरिकाको फ्लोरिडा राज्यकी एक युवतिले आफ्ना प्रेमीलाई मारे रगत खाने चाहाना राखेकी छिन् । यस्तो चाहाना राख्ने युवति हुन् ज्याकलिन एडिस । एक डेटिङ साइटमा ज्याकलिनको भेट भयो छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग ।
तर, यहाँ कुरा अचम्मको भयो । उनीहरुको डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । अर्थात उनलाई ‘इग्नोर’ महसुस भयो । यसपछि के चाहियो र । ज्याकलिनले दैनिक ५ सय एसएमएस पठाउन थालिन् ती पुरुषलाई ।करिब १ लाख ३९ हजार एसएमएस गरिन् ज्याकलिनले । एसएमएसका केही नमूना यस्ता थिएः
‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’यति मात्र होइन, ज्याकलिनले ती पुरुषलाई लगातार फलो गरिरहिन् ।
एकपटक त ज्याकलिनले आफ्नो निबासमा पतिको नाम भनेर तिनै डेटमा गएका पुरुषको नाम पनि लेखिन् । जम्मा एकपटक डेटमा गएपछि रुची नबढेर बेवास्ता गरेकै कारण १ लाख ३९ हजार एसएमएस र पढ्नै नसकिने सन्देशपछि पीडित पुरुषले प्रहरीमा उजुरी गरे ।उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
January 12, 2019 12:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने