कुर्दमाथि हमला गरे टर्कीको अर्थतन्त्र ध्वस्त बनाउँछौं : अमेरिका
एजेन्सी, ३० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई आर्थिक बर्बादीको चेतावनी दिएको छ । सिरियामा रहेका कुर्दिश लडाकूमाथि सैनिक कारावाही चलाएमा टर्कीको अर्थतन्त्रलाई बर्बादी गरिदिने ट्रम्पले चेतावनी दिएका हुन् ।
टर्कीले अमेरिकालाई ‘आतंकी प्रोपागाण्डा’लाई लिएर आफ्नो रणनीतिक साझेदारलाई छायाँमा पार्ने कामविरुद्ध चेतावनी दिएपछि अमेरिकाको पछिल्लो प्रतिक्रिया आएको हो ।
अमेरिकाले गत महिना सिरियाबाट उसको सैनिक फिर्ता लिने घोषणा गरेपछि सिरियाली युद्धमा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लड्न अमेरिकालाई सहयोग दिने कुर्दिश लडाकूको भाग्यमाथि अमेरिका र टर्कीबीच बहस चलिरहेको छ ।
‘यदि आइएसको पुनरावृत भयो भने हामी त्यहाँ रहेको नजिकको आधारबाट फेरी हमला गर्नेछौं । यदि कुर्दलाई हमला गर्यो भने टर्कीको अर्थतन्त्रलाई बर्बाद बनाउने छौं । तर कुर्दले पनि टर्कीलाई नभड्काओस् भन्ने हाम्रो चाहाना ।’ ट्रम्पले ट्वीटरमा लेखेका छन् । साथै उनले तीस किलोमिटरको सेफ जोन पनि बनाउने बताएका छन् ।
January 14, 2019 3:51 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा