Friday 26th April 2024

सिम्बाले कमायो २३० करोड, पहिलो फिल्म अफर हुँदा रणवीर किन रोएका थिए?

5 years अगाडी

एजेन्सी। रणवीर सिंहको फिल्म सिम्बाले २० दिनमा २३० करोड रुपैयाँको व्यापार गरेको छ। रणवीरको अर्को फिल्म ‘गली ब्वाई’ रिलीजको तयारीमा छ। यो फिल्म १४ फेब्रुअरीमा रिलीज हुँदैछ।

यसैबीच रणवीर सिंहको एउटा पुरानो अन्तर्वाता भाइरल भइरहेको छ। यो अन्तर्वातामा उनले आफ्नो पीडालाई बयान गरेका छन्। उक्त अन्तर्वातामा उनले बलिउडमा डेब्यू गर्न आफूले आदित्य चोपडालाई १० लाख रुपैयाँ दिएको खुलासा गरेका छन्।

रणवीरले अन्तर्वातामा भनेका थिए, ‘यस प्रकारका समाचारले मलाइ निकै चोट पुर्याएको छ। मेरो करियरमा पनि प्रश्न चिन्ह खडा भयो। मलाइ थाहा थिएन की कुनैपनि व्यक्तिले यस्तो झुट कसरी लेख्न सक्छ।’

रणवीरले अन्तर्वाताका क्रममा भनेका थिए, ‘मैले बलिउडमा आउन संघर्ष गरेँ र यसकालागि म आफूमाथि गर्व गर्छु। केही नयाँ कलाकार मलाइ म्यासेज गरेर आफूहरुले केही पैसा जम्मा गरेको र यशराज फिल्ममार्फत लन्च हुन चालेको बताउँछन्। मैले उनीहरुलाई यो सबै अफवाह भएको बताउँदै आएको छु।

रणवीर सिंह नायिका सोनम कपुरका कजन हुन्। रणवीरकी आमा अंजुु भवनाी सोनमकी आमा सुनीता कपुरकी बहिनी हुन्। यसरी हेर्दा रणवीर र सोनम दिदी भाइ हुन्। अनिल कपुर र सोनम कपुरका नातेदार भएपनि रणवीरले फिल्ममा ब्रेक लिन तीन वर्षसम्म संघर्ष गर्नुपर्यो। रणवीर सिंहले आफ्नो करियरको सुरुवात एक विज्ञापनमा कपी एडिटरको रुपबाट गरेका थिए।

तीन वर्षको कडा मेहनतपछि जब रणवीर जब रणवीरलाई फिल्म निर्माता आदित्य चोपडाले फिल्म ‘ब्याण्ड बाजा बारात’ मा अफर गर्दा रणवीर निकै भावुक भए। आफूलाई फिल्ममा अफर आएपछि उनी आफ्नो करिडोरमा गएर निकै रोएका थिए।

          January 18, 2019 12:12 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...