राजधानीको होटलमा विष्फोट १४ भन्दा धेरैंको मृत्यु !
केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा आत्मघाती बम आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको छ । एक सय एक कोठा, रेस्टुरन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको होटल परिसरमा मंगलबार अपराह्न आतंककारी संगठन अल–शबाबले आक्रमण गरको हो ।
उक्त समूहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए । विस्फोटक पदार्थ बोकेका एक आत्मघाती आक्रमणकारी होटलमा छिरेपछि बन्दुकधारीले गोली प्रहार गर्न सुरु गरेका थिए । राष्ट्रपति उहुरु केन्याताले दुसित कम्प्लेक्स (होटल भवन) को सुरक्षा कारबाही सफल भएको र त्यहाँ फसेका करिब ७ सय व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए ।
राष्ट्रपतिले जानकारी दिने क्रममा गोली प्रहार र विस्फोटका आवाज सुनिएका थिए । उक्त घटनामा मारिने एक अमेरिकी र एक बेलायतीको पहिचान भएको छ । होटलमा फसेका केही व्यक्ति स्थानीय समयअनुसार बिहान साढे ३ बजे बिहान भाग्न सफल भएको जनाइएको छ । केन्या रेडक्रसले घाइतेका लागि रक्तदान गर्न आह्वान गरको छ ।
January 18, 2019 12:53 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा