Friday 26th April 2024

जंगलमा युवतीको कपडा लगाएको अवस्थामा युवकको लाश भेटिएपछि हंगामा !

5 years अगाडी

जंगलमा युवतीको कपडा लगाएको अवस्थामा भेटिएको लाश पुरुषको पाइएपछि अनुसन्धानमा प्रहरीलाई तनाव भएको छ । ती युवकको पहिचान खुल्न नसक्दा उनले किन महिलाको कपडा लगाएका थिए ? भन्ने प्रश्न निकै जटिल बनेको छ ।

छत्तीसगढको रामानसजपुर जिल्लाको एक जंगलमा भेटिएका युवकको शवमा टाउकोमा चोट लागेको छ । बुधबार बेलुका भेटिएको शव बिहीबार पोस्टमार्टमका लागि पठाइएको छ ।सुरुमा शव देख्नेहरुले युवतीको शव भएको ठानेका थिए । प्रहरीमा पनि युवतीकै शव भेटिएको सूचना पुगेको थियो ।

सूचना पाएपछि पुलिस टिम घटनास्थल पुगेको थियो । घटनास्थलमा हत्याको कुनै सुराग नपाइएको प्रहरीले जनाएको छ । युवकको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको चोटको निशान छ । प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ ।

          January 18, 2019 2:25 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...