पिताले फोन खोसिदिएपछि १६ वर्षे छोरीले पुलिस बोलाइन्, जब पुलिस आयो सबै उल्टो भयो
ओहियो। आजको समयमा स्मार्टफोन मानव जीवनको अभिन्न अंग भइसकेको छ । बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्न निकै कठिन भइसकेको छ । यस्तै विचित्र घटना अमेरिकाको ओहियो प्रान्तमा भएको छ । यहाँका एक पिताले आफ्नी १६ वर्षे छोरीको फोन खोसिदिएपछि छोरीले फोन गरेर पुलिस बोलाइन् । इमरजेन्सी नम्बर ९११ मा फोन गरेर उनले आफ्ना पिताले आफ्नो सम्पत्ति खोसिदिएको उजुरी गरिन् र पितालाई कारवाहीको माग गरिन् ।
ओहियोका एन्टोनी रबर्टसनले दिनभर फोनमा झुण्निे छोरीको स्मार्टफोन खोसिदिएका थिए । यही कुराबाट रिसाएकी छोरीले इमरजेन्सी नम्बरमा फोन गरेर भनिन् कि मेरा पिताले मेरो सम्पत्ति खोसिदिएका छनन् जो ८०० डलर मूल्य पर्ने स्मार्टफोन हो जुन फोन पिताले किनेर मलाई दिएको होइन । उनले पटक पटक फोन गरेर पितामाथि फोन चोरी गरेको आरोप लगाइरहिन् ।
गत शनिबार पुलिस उनको उजुरी आएपछि उनको घरमा पुगेको थियो । पुलिसले जब यसबारे पितासँग कुरा गरे त्यसपछि झनै अलग कहानी आयो । एन्टोनिले भने कि छोरी अहिले नाबालिग र्न छन् र म चाहन्न कि उनी अहिले नै फोन राखुन् किनकि म उनका क्रियाकलाप जाँच गर्न सक्दिन । एन्टोनीले भने कि मैले अनुशासनलाई ध्यानमा राख्दै फोन खोसेको हुँ ।
त्यसपछि पुलिसले पितालाई कारवाही र्गुको सट्टा छोरीलाई नै चेतावनी दिएको छ । पुलिस अफिसरले एन्टोनीको साथ दिँदै भने कि १८ वर्षभन्दा कम उमेरमा फोन राख्न पाउनु तिम्रो सौभाग्य हुन सक्छ तर अधिकार होइन । एन्टोनीले पनि जबसम्म छोरीको व्यवहार बदलिँदैन त्यति बेलासम्म फोन फिर्ता नदिने बताएका छन् ।
January 23, 2019 12:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने