Saturday 8th November 2025

आज पनि घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति पुग्यो ?

7 years अगाडी

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि अमेरिकी डलरको भाउ घटेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४२ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ४२ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ २ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५२ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४७ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ४८ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।

          January 25, 2019 12:15 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...