ब्राजिलः बाँध भत्किँदा ३४ को मृत्यु, तीन सय बढी बेपत्ता
ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रूमाडिनो शहर नजिकै भएको एउटा बाँध भत्किँदा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ भने तीन सय बढी हराइरहेका छन् । राज्यका गभर्नर रामू जेमाले यसबारे पुष्टि गरेका छन् । जेमाले भग्नावशेषबाट जीवित मानिसको उद्दार गर्ने सम्भावना निकै कम भएको जानकारी दिएका छन् ।
आपतकालीन राहत टोलीले हेलिकोप्टरको मद्दतले माटोमा फसेका थुप्रैको उद्दार गरेका छन् ।अधिकारीका अनुसार बाँध भत्किएका बेला थुप्रै मजदुर वेले कम्पनीको क्यान्टिनमा खाजा खाइरहेका थिए । कम्पनीका अध्यक्षका अनुसार क्यान्टिन पुरै पुरिएको छ ।
उनका अनुसार गत वर्षको सेप्टेम्बरमा बाँध परीक्षण गरिएको थियो र त्यतिबेला यसलाई सही स्थितीमा भएको बताइएको थियो । ब्रूमाडिनो बाँध भत्किँदा मेनस जेराइस राज्यका थुप्रै इलाका प्रभावित भएका छन् भने थुप्रै गाउँपनि यसको चपेटामा परेका छन् ।
January 27, 2019 11:23 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा