Monday 2nd December 2024

आज को विदेशी मुद्राको भाउ हेर्नुहोस्

6 years अगाडी

काठमाण्डौ । बिहीबार मलेसियन रिंगिट र बहराइन दिनारको भाउ केही पैसाले बढेको छ भने अमेरिकी डलरसहित रियाल, दिर्हाम र कोरियन वनको मूल्य थोरै घटबढ भएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा छ । बुधबार डलरको खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा थियो । बिहीबार साउदी रियालको मूल्य बढेको छैन । बुधबार जस्तै आज पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो ।

बिहीबार यूएई दिर्हामको भाउ घटबढ भएको छैन । बुधबारजस्तै आज बिहीबार पनि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा पैसा थियो ।

आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३७ पैसा तोकिएको छ । बुधबार खरिददर ३७४ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २० पैसा थियो ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६४ पैसा तोकिएको छ । बुधबार खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा थियो ।

बिहीबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा तोकिएको छ । बुधबार खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।२१ पैसा तोकिएको छ । बुधबार खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।

          January 31, 2019 11:54 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...