Sunday 19th May 2024

ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, एक घाईते

5 years अगाडी

काठमाडौँ । काठमाण्डौको मनोहरामा ट्रिपरको ठक्करबाट एक मोटरसाईकल चालकको ज्यान गएको छ।

गएराति साढे १२ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका–७ खहरेचोकमा ८०८४ नम्बर टिप्परले ना ५ ख बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षीय श्याम विकको ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाडौँमा उपचार भैहरेको छ। ट्रिपरका चालक भने फरार भएका छन्।

          February 6, 2019 12:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...