सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना : दुई जनाको ज्यान गयो, ४० जना घाइते
5 years अगाडी
Susma Dhakal
सिन्धुली – सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । हिजो बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको छ । अरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टिप्परमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
February 7, 2019 10:32 am | समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेजप्रमकाे पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न हुने
सिटी हाइपरमार्केटले मे २४ मा एसियाली दूतावासहरुको सहभागितामा पाक, पर्यटन र सेवा महोत्सवको आयोजना गर्ने
कुवेतमा संयुक्त तीन किराती संस्थाद्वारा उभौली चाड ७ जुनमा मनाउने
तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न,(१०९) जनाले रक्तदान गरे
नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने
नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
Loading...