१३ वर्षको उमेरमै बा बनेका एक किशोरको घतलाग्दो कथा !
कुनै पनि पुरुष १३ वर्षको उमेरमा पिता बन्न सम्भव होला ? आजकल त यस्ता घटना सुन्न पाइएको छैन । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए । सन् २००९ मा जब यो खबर आयो, तब सबै छक्क परे । कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ ।
जब उनी १२ वर्षका थिए, एकजना १५ वषर्ीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच छिटै नै यौनसम्पर्क भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । जहाँ एल्फीको अनुहारमा हर्ष न विस्मात्को भाव देखिन्छ । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए । तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर गइन् । पछि ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।
१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए । प्रेमिकाले एबोर्सन गराउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।
उनलाई त्यति सानो उमेरमा बाबु बन्दा दुनियाँले के भन्दा भन्ने कुराको परवाह थिएन । त्यति माया गर्ने प्रेमिका छोरीसँगै पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि उनले मादक पदार्थ तथा लागू औषध सेवन गर्न थाले । उनको आनीबानी यति बिग्रियो कि उनी सानै उमेरमा जेल जानुपर्यो । एजेन्सी
February 7, 2019 11:49 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने