Sunday 19th May 2024

मलाई किन जन्माएको ? भन्दै छोराले हाले आमा बुवालाई मुद्दा

5 years अगाडी

एजेन्सी । भारतमा यस्तो अचम्मको घटना भएको छ । मलाई किन जन्म दिएको भन्दै एक सन्तानले आफ्नै आमा बुवालाई मुद्दा हालेका छन् । भारतको मुम्बइमा बस्ने २७ वर्षीय राफेल सामुहलले यस्तो काम गरेका हुन् । यद्धपी उनले भनेका छन्, ‘म मेरा बुवाआमालाई निकै माया गर्दछु । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । तर उनीहरुले आफ्नो स्वार्थका लागि मलाई जन्माएका हुन् ।’

उनले आफ्नो अनुमतिविना नै बावुआमाले आफूलाई जन्माएकोमा रुष्ट छन् । उनको जीवनयापन राम्रैसँग चलिरहेको छ । ‘तर बच्चा जन्माउनु भनेको अपहरण र दासता हो भन्ने उनलाई लागेको छ । मैले बुझ्न सकेको छैन कि म एक अर्को जिन्दगीलाई स्कुल, करिअर आदिको झमेलामा किन फसाउँ, उनी भन्छन् ।

राफेल एन्टी नटालिज्मका समर्थक हुन् । उक्त दर्शन मान्नेहरु जन्मको विरुद्धमा हुन्छन् । यस सिद्धान्त अनुसार बच्चा जन्माउनुको अर्थ कसैको इच्छा विपरीत उसमाथि जिन्दगी थोपर्नु हो । राफेलका अनुसार मानिसमा बच्चा नजन्माउने र आफ्ना बाउआमासँग आफूलाई किन जन्माएको ? भनेर सोध्ने अधिकार हुनुपर्दछ ।

          February 7, 2019 1:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...