Sunday 19th May 2024

जानकी मन्दिर पनि छिट्टै विश्व सम्पदा सूचीमा

5 years अगाडी

धनुषा – जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।

विश्व सम्पदा सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो ।

मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र त्यहीबमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।

उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गर्नुभएको थियो । अहिलेसम्म नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदा गरी १० वटा क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

विश्व सम्पदा सूचीमा परेको नेपाली सम्पदा

पशुपतिनाथ मन्दिर
स्वम्भूनाथ स्तुपा
बौद्धनाथ स्तुपा
काठमाण्डौ दरबार स्क्वायर
पाटन दरबार स्क्वायर
भक्तपुर दरबार स्क्वायर
चाँगुनारायण मन्दिर
लुम्बिनी
चितवन राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज

          February 8, 2019 11:15 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...