सरस्वती पूजाको कार्यक्रममा सहभागी भएका भारतीय सांसदको गोली हानी हत्या
7 years अगाडी
Susma Dhakal
भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ । तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वास सरस्वती पूजाका दिन आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममै उनको गोली हानी हत्या भएको हो । कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।बन्दुक प्रहरीले बरामद गरेको छ ।
तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ । तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।
भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले घटना भएको र आपसी झगडाको नतिजा भएको बताएको छ । सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् ।
February 10, 2019 12:48 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...