Tuesday 26th November 2024

व्यावसायी नेत्र शर्माद्वारा समाचारको खण्डन ।

6 years अगाडी

युएई समाचारदाता,१० फेब्रुअरी युएई- युएईमा ब्यावसाय र समाजसेवा गरिरहेका नेत्र शर्माले आफु विरुद्ध गलत समाचार प्रकाशन गर्ने फरक सन्देश अनलाइन पत्रिकालाई नेपालको कानुन अनुसार कार्वाही गर्ने बताएका छन् । उक्त अनलाइनले शर्माको विषयमा माघ २६ गते शनिबार गलत, भ्रामक र निराधार समाचार सम्प्रेषण गरेको र उक्त समाचारको आधिकारिकतामा विसयमा प्रस्न गर्दा हटाइएको बताएका छन् ।

समाचारदाताको नाम नराखिएको उक्त समाचारमा उसको कार्यालय ठेगाना भएको तर सम्पर्क नम्बर समेत उल्लेख नभएको हुदा तत्कालै अनलाइनको कार्यालयमा कुरा गर्न नसकिएको यद्यपि अनलाइनको कार्यालयमा शर्माले आफ्नो प्रतिनिधि पठाई उक्त समाचारदाता तथा समाचारको प्रमाण तथा आधिकारिकता माग्ने काम शर्माबाट तत्काल प्रारम्भ भएको जानकारी सहित जुन कामदारले नेपाल दुतावासमा दिएको निवेदनमा लेखिएका केही कुरा पनि सत्यता नभएको जानकारी गराएका छन् ।

उक्त समाचारमा शर्मा सहित गैर अावासिय नेपालीसंघ युएईलाई समेत जोडिएको विषयमा उनले स्पस्ट पार्न चाहेका छन् । शर्माद्वारा जारी प्रेस नोटमा भनिएको छ,” म दुवइमा ब्यावसाय गरि बसेको छु र यो मेरो नितान्त ब्यापारीक विषय भएको हुदा समाचारमा गैर अावासिय नेपाली संघलाई जोडेकोमा खेद प्रकट गर्दछु ।”

शर्माद्वारा प्रकाशित खण्डन पत्रमा उनले लेखेका छन्, “मेरो संस्थामा पद तथा पदीय मान्यता अवश्य छ तर जुन विषयमा लेखिएको छ, त्यसमा संस्थाको कुनै सहभागिता छैन यसकारण संस्थालाई जोडनु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा यस अनलाइन अफिसमा गई कहाँबाट कसरी कसबाट लेखिएको छ सत्य तथ्य पत्ता लगाइ, उक्त समाचारलाई अरबी भाषामा अनुवाद गराई यहाको अदालतमा मुद्दा दायर गरेर निष्पक्ष समाचारको सुरुवात गराउने बचनबध्दता पनि गरेको छु ।” शर्माले प्रष्ट उल्लेख गरेका छन्,

“सम्पूर्ण समाजसेवी बुध्दिजीबी शुभचिन्तकवर्गलाई जानकारी गराउदछु कि उक्त अनलाइनमा मेरो समाचार ९ फेब्रुअरी शनिबार बिहान दुवईको समय १० बजे राखिएको थियो र त्यसको २ घण्टामा अाधा काटेर पुन राखिएको साथै उसको अाधा घण्टा मै हटाईएको छ । मलाई अझ अचम्म यसमा छु कि समाचार हटाउनु को अर्थ के ? यसबाट समाचार गलत रहेको र ब्यक्तिगत रिसइवीका कारण प्रतिशोध साध्ने उदेश्यले बदनाम गराउन मिडियाकाे प्रयोग गरिएको प्रष्ट भएको छ ।”

शर्माले आफुलाई सुन काण्ड हुण्डी काण्ड , कर्मचारी ठग काण्ड , मानव तस्करी काण्ड जस्तामा मुछिएर जुन बिना प्रमाणका मनगणन्ते कुरा लेखिएको छ, त्यसको प्रमाण उपलब्ध गराउन चुनौती दिएका छन् । युएईको कानुन अनुसार व्यापार-व्यावसाय गरी काम गरिरहेको आफुलाई विविध लान्छना लगाई मानहानी गरेकोमा अन्तर्राष्ट्रिय कानुन अनुसारको कार्वाहीका लागि अदालतीय प्रकृया गर्ने जानकारी समेत शर्माले गराएका छन् । उनले आफ्नो प्रेसनोटमा लेखेका छन्,

“पत्रकारीता देशको चौथो अंग हो यसलाई मेरो सम्मान हिजो अाज र भोलिपनि उत्तिकै रहनेछ । म यति भन्दै गर्दा सत्यतथ्य नभै कसैको ईज्जत् मान र प्रतिष्ठा माथि खेलवाड गरिए पैसा तथा खानामा कसैको भरिया गरिएका पत्रकारलाई मबाट कुनै क्षमादान हुनेछैन ।”
पत्रकारितामा स्वच्छतापूर्वक समतामूलक समाजको निर्माणकालागी सच्चा पहलेदारी साथै खबरदारी अनिवार्य हुन्छ तर व्याक्तिको मानहानी गर्न कहिल्यै हुदैन । यस विषयमा पत्रकारहरु र संचार गजत सजग र सम्वेदनशील हुन अनुरोध पनि शर्माले अनुरोध गरेका छन् ।

सम्पादक कुनै पनि मिडिया हाउसको सम्पूर्ण जिम्मेवार भएको ब्याक्तित्व हो, यदि कसैको मान प्रतिष्ठानलाई अाच अाउने समाचार अाए तत सम्बन्धित ब्याक्तीलाई सम्पर्क गरि यसबारे जानकारी गराउन अनिवार्य ठान्दै गलत सन्देश प्रवाह भएको पुष्टि भएमा क्षमायाचना गर्नुपर्ने आधारभुत सिद्धान्तको ज्ञान आफुसँग भएको शर्माले जानकारी दिएका छन् । स्मरण रहोस फरक सन्देश अनलाइनले आफ्नो गल्ती महसुस गरी क्षमा नमागेको खण्डमा सम्पादकविरुद्ध नेपाल पत्रकार महासंघ, र प्रेस काउन्सिलसंग छलफल गरि मानहानीको मुद्दा दायर समेत गरिने शर्माले जानकारी दिएका छन् ।

          February 10, 2019 2:12 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...