Sunday 19th May 2024

टोखा नगरपालिकामा १ लाख ५२ हजार नक्कली नोट बरामद

5 years अगाडी

काठमाडौं। प्रहरीले टोखा नगरपालिका–१० गणेशस्थानबाट १ लाख ५२ हजार नक्कली नोट बरामद गरेको छ। गत शनिबार राति प्रहरीले नेपाली रुपैयाँ १ हजार दरका १ सय ५२ थान नोट बरामद गरेको हो।

उक्त नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने ओमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो।

फरार रहेका हिक्मत मिया र पोमबहादुर कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

          February 10, 2019 2:48 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...