कार्यक्षेत्रमा हुने यौन उत्पीडनसँग महिला कसरी लड्ने?
बीबीसी। पूरै विश्वमा कामकाजी महिला यौन उत्पीडनको शिकार भइरहेका छन्। केही समय अगाडि हलिउडमा फिल्म निर्माता हार्वी वाइनस्टीन विरुद्ध धेरै कलाकारले आवाज उठाए। त्यसपछि भारतमा पनि धेरै अभिनेत्रीले यौन उत्पीडनको कुरा सार्वजनिक गरेका छन्। यद्यपी उनीहरुले कसैको पनि नाम लिएका छैनन्।
यस्ता विषय सार्वजनिक भएपछि पूरै विश्वमा महिलाहरले ‘मि टू’ ह्यासट्यागमार्फत आफूमाथि भएका उत्पीडन सुनाउँदै त्यस विरुद्ध आवाज उठाए। कार्यलय र कार्यक्षेत्रमा हुने यौन उत्पीडन कुनै नयाँ विषय भने होइन। नयाँ कुरा के हो भने अहिले यसको विरुद्ध आवाज उठाउन थालिएको छ। मानिसहरु यो विषयमा खुलेर कुरा गर्न सक्ने भएका छन्। पहिला महिला यौन उत्पीडनलाई आफ्नो नियति सम्झेर चुपचाप सहेर बस्थे। अहिले यसको विरोध गर्न सक्ने भएका छन् र आवाज पनि उठाइ रहेका छन्।
गलत तरिकाले छुनु, भद्दा इसारा गर्नु : कार्यलयमा यौन उत्पीडनलाई यौन अपराधको रुपमा हेरिन्छ। केही भनेर, केही नभइ इशारा गर्नु, गलत नियतले छुनु यौन उत्पीडन हो। यो बलात्कार जस्तै हा। धेरै जसो ठाउँमा कामकाजी महिलालाई यौनको बदलामा फाइदा पुग्ने काम वा अन्य प्रलोभन देखाइन्छ। अफिसमा अफिसरले आफ्नो मातहतका महिलालाई प्र्रलोभन देखाएर यौन शोषण गरिरहेका हुन्छन्। हार्वी वाइनस्टीनको विषयमा पनि यस्तै भएको हो।
यौन उत्पीडनका विषयमा आधिकारिक रिपोर्टले पनि सबै वास्तविकता सार्वजनिक गर्दैन। कार्यलयमा तल्लो लेभलका कर्मचारी यौन शोषणको शिकार हुन्छन्। उनीहरु पीडित भएपनि चुपचाप बस्नु नै उचित ठान्छन्। कयौं पटक त उनीहरुको उजुरीलाई समेत बेवास्ता गरिन्छ। यौन उत्पीडनसँग लड्न पहिलो शर्त हो उजुरीलाई गम्भीरतापूर्वक लिनु। बारम्बार दुव्र्यवहारले पनि कार्यालयको माहोल खराब गर्छ। पीडित युवतीको नाममा असर हुन्छ भने उसको शरीरमा पनि यौन उत्पीडनको नराम्रो असर पर्छ। यौन उत्पीडनको शिकार भएमा महिला प्रायः डिप्रेशनको शिकार हुन्छन्।
यौैन उत्पीडनसँग कसरी लड्ने? : महिलाहरु यौन उत्पीडनसँग लड्नकालागि कयौं तरिका अपनाउँछन्। पहिला त महिलाले उत्पीडनको विरोध गर्छन्। उसँगको दूरी बढाउँछन्। आफ्नो साथी, सहयोगी वा नातेदारलाई त्यो विषयमा जानकारी गराउँछिन्। पछि विस्तारै आरोपीलाई चुनौती दिन्छन्। वा अन्तिमा उ विरुद्ध उजुरी गर्छन्।
धेरै जसो महिला दूरी बनाउने तरिका अपनाउँछन्। यद्यपी यो प्रभावकारी उपाय भने होइन। किनभने यस्तो विषयमा आरोपी आक्रमणकारी पनि हुन्छ। सबैभन्दा राम्रो उपाय भनेको उसको सामना गर्ने र उजुरी गर्ने हो। महिला कर्मचारी यौन उत्पीडनसँग कसरी लड्छन् भन्ने कुरा कार्यलयको माहोलमा पनि निर्भर रहन्छ।
कसरी बढ्यो हार्वीको हौसला : यदि महिलालाई आरोपी विरुद्ध उजुरी गर्दा उसको करियरमा असर पर्छ भन्ने लाग्यो भने उसँग दूरी बढाउने र चुप बस्नु नै उचित ठान्छन्। यदि विषय धेरै गम्भीर बन्दै गयो भनेमात्र उजुरी गर्छन्। हार्वी वाइनस्टीनले यौन उत्पीडन गरेको कुरा सार्वजनिक भएपछि उनको व्यवहार सबैलाई थाहा थियो।
उनको कार्यालयमा यौन उत्पीडनको घटनालाई देखेको नदेख्यै गर्थे। अर्थात उनीहरु कुनै न कुनै रुपमा हार्वीको अपराधलाई साथ दिइरहेका थिए। उनीहरु चुप लागेका कारण हार्वीको व्यवहारमा कुनै परिवर्तन आएन बरु उनलाई हौसला प्राप्त भयो।
तालिम आवश्यक : त्यसो त अलग अलग महिलाकालागि यौन उत्पीडनको दर्जा पनि अलग हुन्छ। कुनै सानो कुराले पनि ठूलो रुपम लिनसक्छ। कसैमा सहन सक्ने शक्ति धेरै हुन्छ वा त्यसलाई बुझ्न समय लाग्छ की आफूमाथि उत्पीडन भइरहकोको छ। सबैभन्दा मुख्य कुरा केहो भने यौन उत्पीडनको विरुद्ध आवाज उठाउन डराउनु हुँदैन। खुलेर आफ्नो भनाइ राख्न सक्नुपर्छ।
March 8, 2019 10:22 am | प्रवास