संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
काठमाण्डौ – ‘जेनजी’ प्रतिनिधि एवम् अगुवाहरूले समयमै चुनाव सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा उनीहरुले समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले एमालेले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताउनुभयो । संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धि विपरीत हुने भनाइ राखेको उहाँले बताउनुभयो । ‘समयमा चुनाव हुनुपर्ने धारणा राखेका छौँ । सरकार र जेनजी समयमा चुनाव सम्पन्न गराउन सकारात्मक छौँ । यसमा दलहरू पनि लाग्नपर्छ भनेर आग्रह गरिएको छ’, साउदले भन्नुभयो ।
बैठकमा अभियन्ता सागर ढकालले चुनाव निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री बनाउन आफूहरूले सबै राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँले समयमा सुधारिएको चुनावसँगै भ्रष्टाचार विरुद्धको कारबाहीमा समेत सरकार केन्द्रित हुनुपर्ने विषय उठेको बताउनुभयो ।
यस्तै, बैठकमा सहभागी एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जेनजी प्रतिनिधिले सबै राजनीतिक दललाई आउँदो चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव राखेको बताउनुभयो ।
बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ थियो।उज्यालो
October 30, 2025 7:06 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेम जिमी सम्मानित
वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म
नेपाल पत्रकार महासंघ कुवेतको रक्तदान तथा माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको तयारी पुरा