सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माफी माग्नुपर्यो ?
मुम्बइ। भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै उनले माफी मागेको बताएकी छिन् ।
फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् ।
उनीहरुले आयुष्मान खुराना र रणबीर कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन् ।
आफ्ना असन्तुष्ट समर्थकहरुलाई सम्बोधन गर्दै दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी छिन् । र, उनले अब आउने नयाँ फिल्ममा धेरै परिश्रम गर्ने बाचा समेत गरेकी छिन् ।
March 26, 2019 1:34 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा