

यी हुन् नेपालसँग साईनो रहेका बलिउड कलाकारहरु कस्को के नाता छ त ?

एजेन्सी – नेपालीहरुको बलिउडप्रतिको लगाव निकै रहेको छ । जति बलिउडले नेपालप्रति लगाव गरेको छ । नेपाली गीत संगीत होस् या बलिउडका गीतसंगीत होस् दुवै क्षेत्रमा दर्शकहरु आकर्षित हुने गर्छन् । कारण नेपाल र भारतबीच रहेको गहिरो सम्बन्धका पनि हुन सक्छ ।
यस्तै नेपाली जगतलाई अजम्बरी बनाउँदै नेपाल देखि भारतमा समेत सेलिब्रेटी बनेका र नेपालसंग कुनै न कुनै सम्बन्ध रहेका बलिउड सेलिब्रेटीहरु थुप्रै रहेका छन् । ति हुन् माला सिन्हा, गोबिन्दा अहुजा, भारती सिंह, अहमद खान, श्रृति झा नेपालसँगको पारस्पारिक सम्बन्धमा रहेका छन्
नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध
माला सिन्हा : बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।
गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाई हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।
भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।
अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।
श्रृति झा : टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौँ बसेकी थिईन् ।
बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।
March 27, 2019 12:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

