

स्वीकृतिबिना नै फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा आफ्नो फिल्मको गीत राख्दा रिसाए सलमान

आउँदो अप्रिल ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुँदैछ ।
यस फिल्मको ट्रेलर होलीको अवसरमा रिलिज गरिएको थियो भने फिल्मका गीतहरु पनि रिलिज भइसकेका छन् । यस फिल्ममा सलमान खानको बन्न नसकेको अधुरो फिल्म ‘दश’ को गीत ‘सुनो गौर से दुनिया वालो’ लाई स्वीकृति नलिएरै राखिएको छ ।
यही कारण सलमान खान निकै रिसाएका खबरहरु सार्वजनिक भएका छन् । यस फिल्ममा अभिनेता विवेक ओबेरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।
सलमान खान तथा गीतकारसँग स्वीकृति नलिएरै प्रयोग गरिएको गी विरुद्ध टी–सिरिजले पनि कपिराइटका लागि कुनै कदम चालेको छैन । सलमान खान टी–सिरिजसँग नजिकको सम्बन्ध भएका कारण कुनै एक्शन लिने मुडमा पनि छैनन् ।
सलमान खानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ पनि राम्रो सम्बन्ध रहेको छ । यही कारण सलमान कुनै पनि किसिमको दुश्मनी मोल्न चाहिरहेका छैनन् ।
तर यसरी आफूबाट स्वीकृति नै नलिएर विवेक ओबेरोयको फिल्ममा गीतको प्रयोग भएपछि सलमान निकै नै दुःखी छन । सलमान खान र अभिनेता विवेक ओबेरोयबीच अभिनेत्री ऐश्वर्या रायका लागि झगडा भएको थियो ।
कुनै समयमा सलमान खानकी प्रेमिका रहेकी अभिनेत्री ऐश्वर्या रायसँग विवेक ओबेरोय नजिकिएपछि सलमान र विवेकबीच दुश्मनी सुरु भएको थियो । यी दुवै अभिनेताबीच अहिले पनि बोलचाल सुरु भएको छैन ।
फिल्म ‘पीएम नरेन्द्र मोदी’ को विषयमा भारतीय चर्चित लेखक तथा गीतकार जावेद अख्तरले पनि केही दिनअघि ट्वीट गरेका थिए ।
उनले ट्वीटमा लेखेका थिए, ‘म आश्चर्यचकित छु की यस फिल्मको ट्रेलर र पोस्टरमा मेरो नाम लेखिएको छ । जबकी मैले यस फिल्ममा कुनै पनि गीत लेखेको छैन ।’ जावेदले फिल्मको पोस्टर पनि शेयर गरेका थिए । जसमा उनको नाम राखिएको थियो ।
पछिल्लो समय भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुन लागेको छ । कुनै राजनीतिज्ञको गुणगान गाइएको र यो चुनावी आचारसंहिताविरुद्ध भएको र चुनावअघि चलचित्र रिलिज गर्न नहुने भन्दै भारतीय कांग्रेस पार्टी चुनाव आयोगमा पुगेको छ ।
March 27, 2019 2:12 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

