सेन्सर बोर्डका पूर्व अध्यक्षले नग्न फोटोसुट गर्न लगाएको कंगनाको खुलासा
मुम्बइ। बलिउड अभिनेत्री कंगना रनोटले निर्माता तथा सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीबारे एक अन्तरवार्तामा सनसनीपूर्ण खुलासा गरेकी छिन् । एक अखबारलाई दिएको अन्तरवार्तामा उनले आफू बलिउडमा स्थापित हुन संघर्षरत दिनहरुलाई सम्झदैँ भनेकी छिन्, ‘पहलाज निहलानीले मलाई ‘आइ लव यू बस’ नामक चलचित्र अफर गरेका थिए ।
यसका लागि उनले मलाई एउटा फोटोसुट गर्न लगाए जसमा मलाई भित्रीवस्त्र नलगाई केवल स्टाटिनको रोब लगाउन भनिएको थियो । यो यस्तो युवतीको रोल थियो जसले आफ्नो अधवैँसे मालिकलाई रिझाउनु पर्ने थियो । यो एउटा सफ्ट पोर्नजस्तै चलचित्र थियो ।’
‘मैले फोटोसुट त गरेँ तर मलाई चलचित्र गर्न ठीक लागेन । मलाई लाग्यो यही कारणले आमाबुवाहरु आफ्नो छोरीहरुलाई चलचित्र क्षेत्रमा आउनबाट रोक्छन् । फोटोसुट गरेपछि मैले सिधै उनलाई नाइँ भन्न सकिन । त्यसैले म केही नभनी गायब भएँ र फोन नम्बर पनि परिवर्तन गरेँ ।’कंगनाको खुलासापछि एक पत्रिकाले पहलाज निहलानीसँग प्रतिक्रिया मागेपछि उनले आक्रोश व्यक्त गरे ।
निहलानीले कंगनालाई चेतावनी दिँदै भने, ‘उनले मसँग नखेले हुन्छ तर मसँग पनि भन्ने कुराहरु धेरै छन् ।’आफ्नोतर्फबाट सफाई दिँदै निहलानीले थपे, ‘मैले फोटोसुटका लागि डेढ करोड रुपैयाँ खर्च गरेको थिएँ र तीनवटा गीत पनि सुट गरेका थियौँ । यही फोटोसुटको कारण उनले महेश भट्टको ग्याङ्गस्टर भन्ने चलचित्रको अफर पाएकी थिइन् ।’
‘कंगनाले त्यसपछि मलाई चलचित्र काम गर्न नसक्ने भनेर आग्रह गरेकी थिइन् । त्यतिबेला उनले मसँग तीनवटा चलचित्रका लागि करार गरेकी थिइन् । कंगनाले कुरा गरेको चलचित्र चिनी कम भन्ने जस्तै चलचित्र थियो । मैले उक्त चलचित्रको लागि अमिताभ बच्चनलाई पनि अप्रोच गरेको थिएँ । त्यो कुनै पोर्न फिल्म थिएन ।’
March 30, 2019 12:05 pm | मनोरञ्जन