

विवाहको पाँच महिना नहुँदैं प्रियंका–निकबारे पत्याउनै नसकिने आयो यस्तो खबर

काठमाडौं । अहिले पनि सर्वाधिक चर्चामा रहेको प्रियंका–निकको सम्बन्धमा दरार आएको छ । धुमधामसँग विवाह गरेको चार महिना नबित्दै प्रियंका चोपडा र निक जोनासको सम्बन्धमा चिसोपन आएको हो ।
अमेरिकी एक म्यागाजिनले त दुईको सम्बन्ध डिभोर्स नजिक पुगेको दाबी गरेको छ । बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनससँग गतवर्षको डिसेम्बर पहिलो साता क्रिस्चियन र हिन्दी दुवै धर्मअनुसार विवाह गरेका थिए ।
ओके म्यागाजिनले अप्रिल अंकको आफ्नो कभर स्टोरी बनाउँदै दुई सेलिब्रेटी डिभोर्सको प्रक्रियामा रहेको खुलासा गरेको छ । म्यागाजिनले रिपोर्टमा भनेको छ, ‘उनीहरू हरेक कुरामा पनि झगडा गर्न थालेका छन् । खासगरी काम, पार्टी जाने सवाल र एकसाथ समय बिताउने कुरामा झगडा हुन थालेको छ । उनीहरूको वैवाहिक सम्बन्ध केवल अडिएको मात्रै छ ।’
स्रोतका अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै उनको धारणा बदलिएको छ । ‘अहिले प्रियंकाले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् । साथै उनको आवेशमा आउने स्वभाव पनि झल्किएको छ, जसको भेउ निकले पहिले पाएका थिएनन् ।’
निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दिइरहेको पनि स्रोत बताउँछ । ‘परिपक्व ठानेर बुहारी बनाइएकी केटी उत्ताउली निस्किएपछि बाबुआमा असन्तुष्ट छन् । उनले २१ वर्षको पार्टी गर्लजस्तो व्यवहार देखाइरहेकी छन् ।’ समाचारमा उल्लेख छ । उनीहरु अलग हुने क्रममा प्रमुख लफडा सम्पत्तिको विभाजनलाई लिएर उत्पन्न हुनेछ । एजेन्सी
March 31, 2019 2:59 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

