

सुहानाको रोजाइमा कृष्णभक्त र भेजिटेरियन केटा ! फोटो फिचर सहित

यतिबेला सुहाना थापा चर्चामा छिन् । फिल्म ‘ए मेरो हजुर–३’ को कारणले उनी मिडियाको चारै तिर छाउन सफल भएकी हुन् । यो उनको डेब्यु फिल्म हो । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्ममा उनले अहिलेका स्टार अनमोल केसीसँग रोमान्स गरेकी छन् । अनमोलसँग काम गर्दा निकै सहज महशुस भएको उनी बताउँछिन् ।
यो फिल्मका निर्देशक झरना उनकी आमा र निर्माता सुनिल उनको बुबा हुन् । फिल्म होम प्रोडक्सनमा बनेकोले पनि सजिलै डेब्यु गर्ने अवसर मिलेको सुहानाको भनाई रहेको छ । सुन्दरतामात्र नभएर सुहानाको नरम बोली अर्काे आकर्षक पक्ष हो ।
पहाड र सामुन्द्री किनारमा घुम्न रुचाउने उनको अब फिल्ममा तराईको नारीको भूमिका निर्वाह गर्ने इच्छा छ । उनको मनपर्ने हिरो प्रदीप खड्का र आर्शिमान देशराज जोशी हुन् । अबको दिनमा यी दुबैसँग स्क्रिन शेयर गर्न मन लागेको उनी बताउँछिन् । नवअभिनेत्री सुहानासँग रातोपाटीको दश प्रश्न ।
डेब्यु फिल्म होम प्रोडक्सनकै भएकोले सजिलो भयो होला हैन ?
– आमा र बुबाको यो क्षेत्रमा पहिलेदेखि नै ठूलो नाम छ । त्यो हिसाबले चिनिन त सजिलो हँुदो रहेछ । तर, उहाँहरुको नाम यो क्षेत्रमा राम्रो भएकोले जोगाउन च्यालेन्जि पनि रहेछ । आफ्नो प्रोडक्सनमा काम गर्दा आमाबुबाको अगाडि बच्चा बनेर काम गर्न चाहीँ सजिलो भयो ।

अभिनय डेब्युका लागि अहिले सही समय हो त ? :आफ्नै होम प्रोडक्सनको ‘ए मेरो हजुर २’ छायाँकन समयमा म मुस्ताङ गएको थिएँ । त्यसको प्रिमियरमा पनि सहभागी थिए । तर, बिस्तारै मेरो अभिनयतिर रुचि बढ्दै थियो । सो क्रममा केही मिडियाले अन्तवार्ता लिँदै कहिले डेब्यु गर्ने भनेर प्रश्न राखे । सो अन्तवार्ताको चर्चाले म अभिनयमा आउन चाहन्थे । आमाबुबाले पनि अभिनय गर्न हौस्याउनु भयो ।
फिटनेशमा कतिको ध्यान दिनुहुन्छ ? :म धेरै अल्छी छु । तर आमाले मलाई धेरै एक्टिभ बनाउनु हुन्छ । त्यसैले फिटनेशका लागि म नियमित घरमै योगा गर्छु ।
फेसनतिर कत्तिको रुचि छ ? :रुचि छ । तर भड्किलो फेसन गरेर हिँड्न मन लाग्दैन । मेरो मनपर्ने पहिरन कुर्ता सुरुवाल नै हो । म अरुको नजरमा आकर्षक र राम्रो पनि कुर्तामै देखिन्छु ।
मनपर्ने खाना ? :पिज्जा धेरै मनपर्छ ।
सबैभन्दा खुसीको क्षण ? :हरे कृष्णमा लागेर त्यसको बारेमा बुझेको दिन अहिलेसम्मकै खुसीको क्षण होला ।

पूरा नभएको सपना ? :बन्जी जम्प गर्ने मन छ ।
तपाईं आफूलाई कस्तो खालकी केटी भन्न रुचाउनुहुन्छ ? :सिम्पल र लजालु खालकी छु । कोहीसँग झट्ट घुलमिल हुन सक्दिनँ । भेटघाट गर्नु छ भने त्यसका लागि मैले एक दुई दिन अगाडिदेखि प्रिपिएर गर्नुपर्छ ।
पहिलो फिल्म अनमोलसँग गर्नु भएको छ । अनमोल कस्तो लाग्छ ? :अनमोल र मेरो नेचर उस्तै छ । त्यसैले फिल्मको वर्कसपमा पहिले पहिले अलिअलि समस्या भएको थियो । तर फिल्मको छायाँकनमा गएपछि भने सहज भयो । उनी सहयोगी छन् । नजानेको कुरा सिकाउने पनि रहेछन् ।
मनपर्ने केटा ? :अग्लो, कृष्णको भक्त र भेजिटेरियन केटा मनपर्छ ।
April 3, 2019 12:23 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

