रणवीर र आलिया जरुरी मुद्दा छाडेर सेक्सबारे मात्र कुरा गर्छन्ः कंगना
मुम्बई, चैत । कंगना रनोटले एकपटक पुनः रणवीर कपुर र आलिया भट्टविरुद्ध मुख खोलेकी छिन् । उनले हालसालै एक अन्तर्वार्ताको क्रममा भनिन्, ‘यिनीहरुलाई देशको मुद्दासँग कुनै लिनुदिनु छैन । मुलुकका जरुरी मुद्दाहरुमा यिनीहरु कहिल्यै बोल्दैनन् । यिनीहरु त केवल यौन जीवनको बारेमा सोध्यो भने मात्र यसबारे कुरा गर्न तयार हुन्छन् ।’
कंगनाले आलिया र रणवीर युवा हुन् र भनेर प्रश्न उठाएकी छन् । ‘रणवीर २७ र आलिया २७ वर्षकी हुन् भने यिनीहरु कसरी युवा भए ? २८ वर्षको उमेरमा त मेरी आमाको तीनवटा बच्चा भइसकेका थिए,’ उनले भनिन् ।
उनले अगाडि थपिन्, ‘बच्चा छन् हुन कि के हुन् यिनीहरु ? इन्स्टामा तस्बिर पोस्ट गर्छन् र लेख्छन् कि म यसको साथ हुँ, यसको साथ छैन । यी सबै त चलिरहन्छ, ठिकै छ तर जब देशको कुरा आउँछ, उनीहरुले भन्छन्, यो मेरो निजी जिन्दगी हो ।’त्यसो त कंगनाले यसअघि पनि उनीहरुविरुद्ध निशाना सोझ्याएकी थिइन् । उनले आलियालाई करन जौहरको कठपुतली बताएकी थिइन् ।
April 3, 2019 12:54 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा