संसारकै सवैभन्दा ठूलो हवाइजहाजको परीक्षण उडान सफल, यस्ता छन् यसका विशेषता
शनिबार संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ । ‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट उडाइएको थियो । लगभग अढाई घण्टा चलेको परीक्षण उडान क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको थियो ।
विमानमा ६ वटा बोइङ ७४७ इन्जिन लागेको छ । विमान यति ठूलो छ कि यसको एउटा पखेटा फुटबल मैदानभन्दा ठूलो छ । यसलाई ‘स्केल्ड कम्पोजिट्स इन्जीनियरिङ कम्पनी’ले तयार पारेको हो । विमानलाई रकेट लिएर अन्तरीक्षसम्म उडान भर्ने हिसाबले निर्माण गरिएको छ । विमानमा अन्तरिक्षमा पुगेपछि सँगै लगिएको रकेट सुचारु हुने र भू–उपग्रहलाई अन्तरिक्ष खसाल्ने प्रविधि जडान गरिएको छ ।
हाल भू–उपग्रहलाई अन्तरिक्षमा पुर्याउन जमिनबाट उडाइने रकेट निर्विकल्प रहदैं आएको छ । यस विमानको प्रयोग सुरु भएपछि यसले भू–उपग्रहको अन्तरिक्ष ढुवानीमा हाल जमिनबाट रकेट उडाइने तरिकाको विकल्प दिनेछ । यो माध्यमले भू–उपग्रह अन्तरिक्षमा पुर्याउन रकेटबाट हुने खर्चलाई निक्कै कम गर्नेछ ।
विमान हाल प्रयोग भइरहेको वायुयानकै जस्तो बडियुक्त हो । तर यसमा बडि आपसमा जोड्ने प्रविधि अपनाइएको छ । यसमा २ वटा इन्धन ट्याङ्की, ६ वटा इन्जिन र ११७ मिटर लामो पखेटा छन् । परीक्षणका क्रममा विमान अधिकतम ३०४ किमी प्रति घण्टाको रफ्तारसम्म पुगेको थियो भने यो १७ हजार फिटको उचाईमा पुगेको थियो ।
स्ट्राटोलञ्चलाई माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक पल एलेनले लगानी गरेका थिए । तर अघिल्लो वर्ष अक्टोबरमा एलेनको मृत्यु भएपछि परियोजनाको भविष्यलाई लिएर प्रश्न उठेको थियो । तर हाल विमानको निर्माण निक्कै अघि पुगेको देखिएको छ ।
April 15, 2019 3:41 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव