नेपाल एअरलाइन्स भदौ १२ गतेदेखि जापान उड्ने, टिकङ बुकिङ सुरु
काठमाण्डौ – नेपाल वायुसेवा निगमले भदौ १२ गते अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं–ओसाका उडान गर्ने भएको छ ।निगमले गएको असार १९ गतेदेखि ओसाका उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । अब भदौ २९ गतेदेखि हप्तामा २ वटा उडान हुने निगमका प्रवक्ता गणेश चन्दले उज्यालोलाई जानकारी दिनुभयो ।
‘यसअघि हामीले उडानको तयारी गरे पनि एजेन्टले राम्रोसँग काम नगर्दा यात्रु पाएनौँ, तर अब नयाँ एजेन्ट राखेर टिकङ बुकिङ खुला गरिसकेका छौँ, अब भने उडान स्थगित हुँदैन ’ चन्दले भन्नुभयो ।
अहिले धेरैले नेपाल–जापान उडानको बारेमा जानकारी राखेको र केहीले टिकट नै बुकिङ गरिसकेको उहाँले बताउनुभयो । प्रवक्ता चन्दका अनुसार काठमाण्डौबाट ओसाका जाने पहिलो उडानको लागि ३ जनाले टिकङ बुकिङ गरिसकेका छन् भने फर्कँदालाई ७ जनाले बुकिङ गरेका छन् ।
‘हामीसँग अझै १ महिनाभन्दा धेरै समय बाँकी छ, एजेन्टलाई अलि धेरै सक्रिय बनाउन सकेमा यात्रु नहुने कुरा आउँदैन, सुरु–सुरुमा त कम यात्रु भए पनि उडाउनैपर्छ’, उहाँले भन्नुभयो ।
निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ ।
नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ ।
July 24, 2019 5:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा