अरब सागरमा विकसित चक्रवातको असर नेपालमा बिहीवारसम्म नै रहने
काठमाण्डाै – अरब सागरमा विकसित चक्रवातको असर नेपालमा पर्सीसम्म नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलवार (आज) दिनभरि नै काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।अहिले मुगु, नवलपरासी, चितवन, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङ र झापा लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकामा आज दिउँसो हल्का पानी परेको छ । फेरि पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयाे । बुधवार (भोलि) काठमाण्डौमा केहीबेर घाम लागे पनि फेरि बदली हुने उहाँकाे भनाइ छ । बिहीवार (पर्सी) पनि देशभरकै मौसम यस्तै रहनेछ ।
विशेषगरी पश्चिमी क्षेत्रमा चक्रवातको असर धेरै पर्ने अनुमान छ । यस्तै मौसममा आएको खराबीका कारण हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकोले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड