अरब सागरमा विकसित चक्रवातको असर नेपालमा बिहीवारसम्म नै रहने
काठमाण्डाै – अरब सागरमा विकसित चक्रवातको असर नेपालमा पर्सीसम्म नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलवार (आज) दिनभरि नै काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।अहिले मुगु, नवलपरासी, चितवन, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङ र झापा लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकामा आज दिउँसो हल्का पानी परेको छ । फेरि पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयाे । बुधवार (भोलि) काठमाण्डौमा केहीबेर घाम लागे पनि फेरि बदली हुने उहाँकाे भनाइ छ । बिहीवार (पर्सी) पनि देशभरकै मौसम यस्तै रहनेछ ।
विशेषगरी पश्चिमी क्षेत्रमा चक्रवातको असर धेरै पर्ने अनुमान छ । यस्तै मौसममा आएको खराबीका कारण हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकोले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर