Friday 3rd May 2024

चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)

1 year अगाडी

काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।

काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरुबाट काठमाण्डौ आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाण्डौ सुनसान बनेको हो ।

त्यस्तै काठमाण्डौका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । चुनाव बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने चुनाव सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । चुनाव भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ । उज्यालो

          November 19, 2022 7:34 pm | राजनीति,रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...