Monday 6th May 2024

अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

10 months अगाडी

अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले यसबारे जानकारी दिएकाे हाे ।

यूएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । केही संवेदनशील क्षेत्रमा पहिरो गएपनि मानवीय क्षतिको भने जानकारी नआएको प्रहरीले जनाएको छ ।

यूएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ ।

भूकम्प पृथ्वीको ९ दशमलव ३ किलोमिटर गहिराइमा गएको खबरमा उल्लेख छ । उज्यालो

          July 16, 2023 3:35 pm | विश्व,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...