त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आउँदो शनिवारदेखि जम्मा ८ घन्टा बन्द हुने विमानस्थलले जनाएको छ । अब रातिको ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै त्रिभुवन विमानस्थल बन्द हुनेछ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको उज्यालोलाई जानकारी दिनुभयाे ।
अब थपिएको समयमा भारतका दुई वटा वायु सेवा कम्पनी स्पाइस जेट र एअर इन्डिया एक्सप्रेसले पुनः उडान गर्न प्रस्ताव राखेका छन् । उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायु सेवाको उडान समय पनि बढ्ने भएको छ ।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजका लागि एप्रोन, समानान्तर ट्याक्सी वे, ह्याङ्गर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गरेर काम भइरहेको छ । आउँदो चैतसम्ममा उडान बन्द गरेरै गर्नुपर्ने कामहरू सकिनेछन् । त्यसपछि एकातिर उडान हुने र अर्कोतिर काम पनि भइरहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उज्यालो
January 28, 2025 5:05 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर