त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आउँदो शनिवारदेखि जम्मा ८ घन्टा बन्द हुने विमानस्थलले जनाएको छ । अब रातिको ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै त्रिभुवन विमानस्थल बन्द हुनेछ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको उज्यालोलाई जानकारी दिनुभयाे ।
अब थपिएको समयमा भारतका दुई वटा वायु सेवा कम्पनी स्पाइस जेट र एअर इन्डिया एक्सप्रेसले पुनः उडान गर्न प्रस्ताव राखेका छन् । उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायु सेवाको उडान समय पनि बढ्ने भएको छ ।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजका लागि एप्रोन, समानान्तर ट्याक्सी वे, ह्याङ्गर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गरेर काम भइरहेको छ । आउँदो चैतसम्ममा उडान बन्द गरेरै गर्नुपर्ने कामहरू सकिनेछन् । त्यसपछि एकातिर उडान हुने र अर्कोतिर काम पनि भइरहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उज्यालो
January 28, 2025 5:05 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो