

अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो : नेपाल पनि प्रभावित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्ने निर्णय गरेको छ ।
अमेरिकाले विद्यार्थी भिसाका लागि लिने अन्तर्वार्ता तालिका बन्द गर्न पनि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर शाखाहरूलाई निर्देशन दिएको अल जजिराको खबरमा उल्लेख छ ।
यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर पछिल्लो निर्णय गरिएको टम्प प्रशासनले जनाएको छ ।
अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ । पहिले नै निर्धारित अन्तर्वार्ताहरू भने हुनेछन् ।
विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई भने गम्भीरतापूर्वक लिइने बताउनुभएको छ ।
गएको हप्ता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो ।
यद्यपि एक सङ्घीय न्यायाधीशले यो निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । तर ट्रम्प प्रशासनले हार्वर्डसँग बाँकी रहेको सङ्घीय सम्झौता पनि चाँडै तोड्ने तयारी गरिरहेको छ ।
विदेशी विद्यार्थीको भिसा रोक्ने अमेरिकी नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पनि जाने गरेका छन् ।
विश्वभरबाट १० लाखभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका जाने गरेका छन् । उज्यालो
May 28, 2025 10:39 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

पूर्वमन्त्री एवम् एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो

नेपालमा हिन्दू धर्म मान्ने ८१.२ प्रतिशत

अमेरिकाले विदेशी विद्यार्थीको भिसा प्रक्रिया अस्थायी रुपमा रोक्यो : नेपाल पनि प्रभावित

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

