जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक
जुम्ला – जुम्लाका किसानलाई काँचो स्याउ टिप्न रोक लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ गतेपछि मात्र स्याउ टिप्न सूचित गरेको हो ।
कसैले सूचनाको पालना नगरी काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानूनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र बजारमा समेत असर पर्छ । दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेत असर पार्ने भएकाले जुम्लाका आठ वटै पालिकाको कृषि शाखा र किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
त्यसै अनुसार तातोपानी गाउँपालिकाले पनि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो ।
फलफूल विज्ञका अनुसार भदौ दोस्रो हप्तापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ । परिपक्व र स्याउको रङ्ग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।
जुम्लामा १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउखेती गरेको तथ्याङ्क छ । चार हजारभन्दा धेरै हेक्टरमा स्याउखेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । उज्यालो
July 30, 2025 8:43 am | समाज,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी